
काठमाण्डु १० साउन– प्रमुख प्रतिपक्षी एमालेले सय केजी सुन तस्करी प्रकरणको छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बुधबार एमालेले उक्त माग गरेको हो । बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेका थिए ।
सभामुखले समय दिएपछि बोलेका एमाले प्रमुख सचेतक पदम गिरीलाई समय दिए । गिरीले सुन तस्करी प्रकरण छानबिनको माग गरे । गिरीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि छानबिनको माग गरे ।
‘कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ गिरीले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने ?’ गिरीले महराले पटकपटक भन्सार कर्मचारीलाई फोन गर्ने गरेको आरोप लगाए ।