
काठमाण्डु, १० साउन– माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटली भ्रमणमा रहेका बेला श्रेष्ठले पदाधिकारी बैठक डाकेका हुन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बिहान बैठक बसेको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न श्रेष्ठले बैठक बोलाएको उनका प्रमुख स्वकीय सचिव एवं पार्टी केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिए । ‘समसामयिक एजेण्डामा छलफल गर्न बैठक बोलाउनुभएको हो’, उनले भने ।
एमालेले सुन तस्करी प्रकरणमा जोडेर उनको राजीनामाको मागसहित संसद बैठक अवरोध गर्ने तयारी गरेका बेला श्रेष्ठले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।