
कठमाण्डु, ७ साउन- सय किलो सुन तस्करी प्रकरणमा जस्व अनुसन्धान विभागको विशेष टोलीले विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेकोहो । यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले आइतबार पक्राउ गरेको छ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।स्रोतका अनुसार विभागले आइतबार छ। पक्राउ परेका चन्द, ढकाल र श्रेष्ठदलाई शनिबार निलम्बन गरिएको छ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाण्डु ल्याइएको थियो । भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो।
सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ