उत्तर प्रदेशमा पूर्वसांसदको गोली हानी हत्या

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १२:१२ मा प्रकाशित

एजेज्सी- भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो।

हिरासतमा रहेका अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो। उनीहरु उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए।

उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्या्एको थियो।अस्पताल छिर्ने क्रममा संवाददाताहरूले अतिकसँग केही प्रश्न सोधेका थिए। जवाफ दिइरहेका अतिकमाथि गोली हानिए हत्या गरीयकौको हो।

अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए। उनीहरूसहित एक जना अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।अतिक ग्याङस्टार थिए। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us