
काठमाण्डु,२ वैशाख– कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ । कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका प्रहरीले बताएको छ । हिजो शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जानकारी दिएको छ ।