
काठमाण्डु,२८ चैत– पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको अनुसार २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।