रास्वपाले आज ढाकाकुमारसँग बयान लिने

काठमाण्डु टुडे २०७९ चैत २८ गते १३:१६ मा प्रकाशित

काठमाण्डु ,२८ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ ।

श्रेष्ठलाई रास्वपाको अनुशासन समितिले पार्टी कार्यालय बसुन्धारा बोलाएर बयान लिन लागेको हो । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

पार्टीले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us