बलात्कार आरोपमा झापाबाट एकजना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २८ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,२८ चैत– प्रहरीले झापाबाट बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेका छन ।

उनलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जानाएको छ । भुजेलले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us