लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, २८ चैत– कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन बरामद गरी उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको ।

सुपप्र ०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us