
काठमाण्डु, २८ चैत– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज मंगलबार बस्दै छ । मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल नेताहरुले बताएका छन । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने एक सांसदले जानकारी दिएका छन ।
अहिले मिनी संसदको रुपमा रहेका संसदीय समिति बनिसकेका छैनन् । त्यसका लागि तयारी भइरहेको छ ।