प्यूठानमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

काठमाण्डु टुडे २०७९ चैत २८ गते ११:२१ मा प्रकाशित

प्यूठान, २८ चैत– प्यूठानमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा नौबहिनी गाउँपालिका –१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिक रहेका छन ।

माण्डवी गाउँपालिका–५ रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापाले जानकारी दिएका छन ।

दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको उनले बताएका छन । दुर्घटनामा परेका ३ जना घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us