
काठमाण्डु,२७ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ओरालो लगाएको बताएका छन । आज (सोमबार) नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको आरोप लगाएका छन । उनले भने, ‘ आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ ।
यसमा कतिपय विकृति विसंगतिहरु छन्, गठे संस्कृति । यो गठबन्धनको संस्कृति’, राजनीति छैन, विचार छैन जसरी भएपनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कूकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ ।’
यस्तै समस्या र संस्कृतिले देशलाई ओरालो लगाएको ओलीले बताएका छन । उनले भने, ‘यसले देशलाई ओरालो लगाएको छ । तर फेरि देशलाई ओरालो लाग्नबाट रोकेर अगाडि बढाउन सकिन्छ ।
देशलाई सही बाटोमा लैजान सकिन्छ भन्ने कुरा म प्रधानमन्त्री भएको छोटो अवधिमा देखिएको छ’, । ओलीले युवाहरुलाई ४० वर्ष उमेर कटेपछि पनि युवासंघमै बस्ने र इतिहास छ भनेर गर्व तथा रहर नगर्न र भविष्यको राजनीतिक बाटो बनाउन निर्देशन समेत दिएका छन ।