
काठमाण्डु,२७ चैत– पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तोस्रो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शर्माले आज सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन ।
शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि कोभिड त कोभिड नै रहेछ ।’