मिटरब्याजीहरुलाई कारबाही गर्नु पर्छ: केपी ओली

काठमाण्डु टुडे २०७९ चैत १६ गते १७:१७ मा प्रकाशित

काठमाण्डु,१६ चैत – पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन ।

आज (बिहीबार) काठमाण्डुमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने पनि बताएका छन । उनले भने,‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौं ।

अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ’ । उनले पायो भन्दैमा जहाँतहींबाट ऋण लिन नहुने पनि बताएका छन ।

अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताएका छन । उनले भने, ‘ अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरें थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनुहुँदैन ।

मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ’ ‘मिटरब्याजमा पैसा लिएपछि दिनेले असुल गर्ने प्रयास त गर्ने नै भयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैं पनि सचेत हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us