
काठमाण्डु,१६ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी पुगेको भन्दै प्रश्न गरेका छन् ।
आज बिहिबार चितवनको कृषि तथा वन विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । प्रचण्डले कुनै समय विदेशमा खाद्यान्न निर्यात गर्ने मुलुक अर्बौको आयात गर्नु दुखद भएको बताएका छन । उनले भने, ‘हामीले ५०\६० वर्ष पहिलेसम्म हामी कहाँ यस्ता विश्वविद्यालयहरू थिएनन् ।
हामी कहाँ स्नातकोत्तर पढाइ हुने कलेजहरु थिएनन् । हाम्रा किसानहरुले अर्ग्यानिक खेती मार्फत खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएन । बरु हामीले खाद्यान्न निर्यात गर्थियौं’ अहिले हामी हजारौँ हजार स्नातक र स्नातकोत्तर भएर पनि हामी अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं ।
कहाँ छ त्रुटि रु आफ्नो अर्ग्यानिक उत्पादनको एतिहासिक विरासत र अस्तित्व किन जोगाउन सकेनौं ? यसमा कृषि वन अध्ययन पढेका विद्यार्थीको विशेष ध्यान जान जरुरी छ ।’