
काठमाण्डु,१६ चैत – अर्थविद् स्वर्णीम वाग्लेले आरजु देउवा र शेरबहादुर देउवा गिरोहको निरन्तरको हेपाइ र अपमानले आफुले कांग्रेस परित्याग गरेको बताएका छन ।
उनले पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरुलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था भएर यो स्थितिमा आएको बताएका छन् ।
उनले पत्रमा भनेका छन्, ‘ प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ ।
उनले यो निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको बताएका छन । ‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।
उनले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् ।