
काठमाण्डु,१६ चैत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको कार्यक्रम सम्पन्न गरेर काठमाण्डु फर्किएका छन् ।
आज (बिहीबार) बिहान चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला उडेका प्रचण्ड आजै काठमाण्डु फर्किएका हुन् । सो क्रममा प्रचण्ड चितवनको एयरपोर्ट भवनको शिलान्यास र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
काठमाण्डु फर्किएसँगै उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्ता साझेदार दलमा एक चरण छलफल गर्ने तयारीमा रहेका छन । त्यसपछि मन्त्रीहरुको नियुक्ति गरेर शपथ गराउने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन ।
सत्ता साझेदार दलमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २–२ र अन्य साना दलले १–१ मन्त्रालय पाउने समझदारी भएको छ ।