
काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन ।
युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि आरिफले ३९ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । आरिफले ५९ बल खेल्दै २ चौका प्रहार गरेका छन ।
नेपालले ३९ औं ओभरको तेस्रा बल खेल्दासम्म ५ विकेटको क्षतिमा २२४ रन बनाउन सफल भएको छ ।