गृह मन्त्रालयबारे रविलाई केपी ओलीको जवाफ: जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

काठमाण्डु टुडे २०७९ माघ १७ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, १७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए ।

त्यसको जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले जानकारी दिएको छ ।

‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीको कुरा हो ।’ रविसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us