त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

काठमाण्डु टुडे २०७९ माघ १४ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, १४ माघ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।

अध्यागमन विभागको सर्भरमा समस्या हुँदा दुई घण्टा उडान, अवतरण अवरूद्ध बनेको थीयो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले अन्तर्राष्ट्रिय उडान भइरहेको छ।

अहिले उडान सामान्य रुपमा भइरहेको छ”, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।’ अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो।

केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ। कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ। ठाकुरले बताय। सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको उनले बताय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us