
काठमाण्डु,१ माघ–भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ मा बोडेमा आगलागी हुँदा १५ लाख नगद बराबरको क्षति भएको छ ।
शनिवार साँझ बोडे पेट्रोल पम्प ओरालोमा रहेको नवदुर्गा पेपर फ्याक्ट्रीमा आगो लागेको भएको थियो ।अण्डाको क्रेट बनाउने सो फ्याक्ट्रीमा आगलागीबाट करिब १५ लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
कटुञ्जे घर भएका ४० वर्षीय राकेश सुवालले सञ्चालन गरेको पेपर फ्याक्ट्रिमा ३ लाख बजारको कागज र १२ लाख मुल्य पर्ने जेनेरेटर जलेको छ ।
बिजुलीको करेन्ट सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।