श्रीमान्– श्रीमती मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०७९ पुष २६ गते ११:५५ मा प्रकाशित

काठमाण्डु,२६ पुस– चितवनको भरतपुर महानगरपालिका–२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन ।

भरतपुर–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७\२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४\२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका छन ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान सुरु गरेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमती मारेर आफू झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले जानकारी दिएका छन । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने, श्रीमती गृहणी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us