

एजेन्सी– साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । २० जनाको मृत्यु भएको आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ ।
एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ । आगलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन्। पछिल्लो तथ्यअनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा उल्लेख गरीएको छ ।