नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक जना व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १७:४० मा प्रकाशित

काठमाण्डु,२० मंसिर– प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन झुवानीका करण महतोलाई रहेकान छन ।

साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर ठगी गर्ने अभिप्राय राखेको ब्यूरोले जनाएको छ ।

रत्ननगर नगरपालिका ५ झुवानीका १८ वर्षीय महतोले हालसम्म के कति मानिसलाई झुक्यानमा पारी ठगी गरे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ब्यूरोले मंगलबार काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us