
काठमाण्डु,१६ मंसिर– स्याङ्जा– २ मा कांग्रेसका धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन ।पछिल्लो मतपरिणामअनुसार गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् ।
गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकाराज गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन् ।