अर्काको नाममा लाइसेन्सको परीक्षा दिदै गरेका एक युवक पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते ११:४९ मा प्रकाशित

काठमाण्डु ,१४ मंसिर -अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डल रहेका छन। उनलाइ काठमाण्डु दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट पक्राउ गरीएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बतायका छन।

उनले बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका थिय। उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको एसएसपी भट्टले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us