सप्तरीमा श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते ७:४० मा प्रकाशित

सप्तरी, १४ मंसिर– सप्तरीमा आफ्नै श्रीमानले महिलाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार राजविराज नगरपालिमा–१ चनौरा पडरियाका ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकले श्रीमती ४० वर्षीया गीता रजकको हत्या गरेको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरी प्रमुख एसपी अभिनाराण काफ्लेले हत्या आरोपमा रजकका लाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।

राजविराज–१ स्थित प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा शव फेला परेको काफ्लेले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us