परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर–१ बाट निर्वाचित

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते ७:३४ मा प्रकाशित

उदयपुर, १४ मंसिर– परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एमालेकी मञ्जुकुमारी चौधरीलाई २ हजार ३ सय ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का निर्वाचित भएका हुन् ।

खड्काले ३१ हजार २ सय ७० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गरिन् ।

खड्का योसँगै चौथौपटक सांसद निर्वाचित भएका हुन् । यसअघि उनी सोही निर्वाच्न् क्षेत्रबाट २०६४ र ०७० को संविधानसभा निर्वाचन तथा ०७४ को संसदीय निर्वाचनमा विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us