चुनावी परिणामले राष्ट्रवादी विचारधारा र हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयो: राप्रपा नेपाल

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १७:३३ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– राप्रपा नेपालले आम चुनावको परिणम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको छ । आज मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको राप्रपा नेपालको ठहर छ ।

यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ । उसले भनेका छ, ‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए तर पनि उनले राप्रपाका दीपक सिंहसित मकवानपुरमा पराजित भोग्नु पर्याे ।

राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष डम विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ ।

 जसमा बसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल, राजाराम बर्तौला छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us