
एजेन्सी– भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ ।
१४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडाका पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको उक्त बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार गरेका थिए । पीडित बालिका स्कूले विद्यार्थी हुन् तर उनी अर्कै विद्यालयकी विद्यार्थी हुन् ।
अधौरा प्रहरी चौकीका इन्स्पेक्टर मनोजले बीबीसीलाई भने, ‘घटना आइतबार साँझ ४।३० बजे भएको थियो र हामीलाई साँझ ७।३० बजे यसबारे जानकारी दिइएको थियो ।