नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको छ: विप्लव

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १४:४५ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् ।

आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको बताएका छन ।

उनले कम्युनिष्टहरू एक हुन जरुरी रहेको बताएका छन । उनले भने , झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ ।

उनले नेपालका कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको आरोप लगाएका छन । उनले भने, ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् ।

हामी सचेत हुनुपर्छ,’ । विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै भएको बताएका छन ।

संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको उनले बताएका छन । उनले नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्रमात्रै भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us