विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिए

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १६:१५ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन ।

व्यापारी हरुले आफूहरुले फुटपाथ नमिचेको बताउँदै निर्वाध रुपमा व्यापार गर्ने वातावरण बनाउन माग गरेका छन् ।

\सहरको सौन्दर्यकरण वृद्धि गर्न र सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने भन्दै महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु गरेको थियो ।

महानगरपालिकाले गत ३ कातिकमा नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us