देउवाले टिकट दिएनन्, मतदाताले जिताइदिए

काठमाण्डु टुडे २०७९ मंसिर ८ गते २१:३६ मा प्रकाशित

सर्लाही, ८ मंसिर– सर्लाही क्षेत्र नम्बर–४ बाट स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह विजयी भएका छन् ।

२० हजार १७ मतसहित सिंह विजयी भएका हुन् । सिंहका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २ सय ५२ मत प्राप्त गरे । काँग्रेसले टिकट नदिएपछि सिंहले बागी उम्मेदवारी दिएका थिए ।

यसअघि ०७४ को निर्वाचनमा सिंह सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us