रवीन्द्र मिश्रले गरे काठमाण्डु–१ बाट उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७९ असोज १४ गते १४:०६ मा प्रकाशित

काठमाण्डु,१४ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डु–१ का लागि उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार उनले एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले भने काठमाण्डु –१ का साथीहरुलाई म सुनिश्चित गराउन चाहन्छु, कि तपाईंहरुले यसपटक मलाई तपाईंहरुकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्म तपाईंहरुकै क्षेत्र नम्बर १ बाट गर्व गर्न सक्नेमध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईंहरुको आवाज संसद्‌मा बुलन्द गर्नेछु’, मिश्रले भने। मिश्रले काठमाण्डुलाई‘धनीहरुको सुकुम्बासी बस्ती’ भएको बताए ।

उनले भने अहिले जुन अजेन्डाहरु लिएर आएको छु। त्यो अजेन्डाको बलमा तपाईंहरुले सशक्त रुपमा मलाई विजयी बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु’ ।०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि मिश्र यही क्षेत्रबाट उम्मेदवार भएका थिए। तर, मिश्रले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए। सिंहले १० हजार ९३६ र मिश्रले १० हजार ११८ मत प्रप्त गरेका थिय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us