बागमतिका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

काठमाण्डु टुडे २०७९ असोज १३ गते ८:२२ मा प्रकाशित

काठमाण्डु, १३ असोज– बाममति प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृकोश परेको छ ।

उनीहरुकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा बिहीबार बिहान काठमाण्डुको सीतापाइलास्थित आफ्नै निवासमा निधन भएको हो ।

प्रदेश राजधानी हेटौंडा रहेका मुख्यमन्त्री पाण्डे र कर्मथलो चितवनमा रहेका एमाले उपाध्यक्ष काठमाण्डु आएपछि आजै पुशपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us