बझाङमा एकै परिवारका तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन २५ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, २५ साउन–  बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिए को छ ।

जिल्लाको बुङ्गल नगरपालिका (९) रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछोरी मृत भेटीएको प्रहरीले जानकारी दियको छ ।

मृत भेटिनेमा पार्कीकी श्रीमती (२२) वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले बताएका छन ।

उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले निरीक्षक अवस्थीले जानकारी दिय ।

स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको उनले बतायका छन ।

मृत भेटिएकी महिलाका श्रीमान पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन् ।

उनी मंगलबारमात्रै भारतको पिथौरागढबाट घर आएका थिए ।उनले भन्य म त थाकेको थिएँ, निदाइहालेँ’, उनको भनाइ उधृत गर्दै एक स्थानीयले भने, ‘बिहान छिमेकीले श्रीमती खोइ भनेपछि खोजी गरेका हौं ।’ घाँस काट्न गएकी स्थानीय महिलाले झुण्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us