हेटौंडामा पाँच सवारी साधन आपसमा ठोक्किए

काठमाण्डु टुडे २०७९ साउन २३ गते १२:०२ मा प्रकाशित

मकवानपुर, २२ साउन– हेटौंडामा पाँच वटा सवारीसाधन आपसमा ठोक्किएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमामा सोमबार बिहान ५ वटा गाडी आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका डिएसपी टेकबहादुर कार्कीले राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी आपसमा ठोक्किएको बताए ।

दुर्घटनामा १५ जना घाइते भएको कार्कीले बताए । घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौंडा बजारतर्फ आउँदै गरेको ना१क ५१२३ नम्बरको स्कुल बसलाई सोही दिशाहा रहेको ना५ख ६२५४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सोही ट्रकले लु१ क७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको र ट्यांकरले बा७च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

स्कुल बस र ट्याङकरलाई ठक्कर दिएपछि अनियन्त्रित भएको ट्रकले फेरि सडकमा रोकिराखेको प्रदेश २–०३–००१–ख२५०६ नम्बरको लरीलाई ठक्कर दियो । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीले दुर्घटनामा परेका सवारी हटाएर राजमार्ग सुचारु गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us