चीनको अमेरिकालाई चेतावनीः गम्भीर मूल्य चुक्ता गर्न तयार हुनु

काठमाण्डु टुडे २०७९ साउन १८ गते ७:४६ मा प्रकाशित

एजेन्सी–अमेरिकी संसदको तल्लो सदन हाउस अफ हाउस अफ रिप्रेजेन्टेटिब्सकी सभामुख नेन्सी पोलोसीको ताइवान भ्रमणलाई लिएर चीनले कडा चेतावनी दिएको छ ।

चीनको यो भ्रमणको अमेरिकाले गम्भीर मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिएको हो । चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार बेइजिङस्थित अमेरिकी राजदूतसँग स्पष्टीकरण मागिएको छ । चिनियाँ उपविदेशमन्त्री झी फेङले चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सलाई आफ्नो कार्यालयमा बोलाएर उक्त चेतावनी दिएका हुन् ।

उनले सभामुखको भ्रमण रोक्न गरिएको आग्रह अस्वीकार गरेको भन्दै त्यसले भविष्यमा डरलाग्दो परिणाम आउन सक्ने उनले बताए । उपविदेशमन्त्री फेङले अमेरिकाले ठूलो गल्ती गरेको भन्दै त्यसको महंगो मूल्य उसैले तिर्नुपर्ने उल्लेख गरे । चीनले अमेरिकालाई तत्काल गल्ती सच्याउन पनि भनेको सिन्हवाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us