गाउँमा खोला पस्दा २५ घर विस्थापित

काठमाण्डु टुडे २०७९ साउन १२ गते १६:५५ मा प्रकाशित

 

काठमाण्डु, १२ साउन– रुकुम पश्चिमका मा अविरल वर्षा को कारण घट्टे खोलामा आएको बाढी गाउँमा पस्दा २५ घर विस्थापित भएको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ ।

खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आएको छ त्यो बाढी गाउँमा पसेको आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले जानकारी दिएका छन ।

ईलाका प्रहरी कार्यालय आठबीसकोट खटिएको प्रहरी का अनुसार स्थानिय तहको सम्वन्वयमा जेसीबी लगाएर खोलालाई साबिक ठाउँमा फिर्ता गराउने कार्य भइरहेको प्रदेश प्रहरीले बताएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us