कोरोना संक्रमित बढ्न थाले, थप ४९ जनामा संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ असार ९ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ९ असार– नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १।९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १।२७ प्रतिशत रहेको थियो । अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०।५ प्रतिशतमा सीमित थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेको छ भने हाल सक्रिय संक्रमित १६३ जना रहेका छन् ।

हाल देशभर जम्मा पोजेटिभ केस पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार ४०९ जनामा देखिएको छ । तीमध्ये हालसम्म ९ लाख ६७ हजार ३४२ जना निको भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us