माधवनारायणमा काँग्रेसका यादव निर्वाचित

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १७:४६ मा प्रकाशित

रौतहट, ८ जेठ– रौतहटको माधवनारायण नगरपालिकामा नेपाली काँग्रेसका मेयर र जनता समाजवादी पार्टीबाट उपमेयर निर्वाचित भएका छन् ।

काँग्रेसबाट बैधनाथ प्रसाद यादव कुल ४ हजार २ सय ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार लिलाप्रसाद साहले ३ हजार ३ सय ३२ मत प्राप्त गरेका छन् भने निवर्तमान मेयर वीरेन्द्रप्रसाद यादवले ३ हजार १ सय ६९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा जसपाकी निर्मलादेवी रमन ११ मतको झिनो अन्तरले निर्वाचित भएकी छन् ।

रमन कुल ३ हजार १ सय ६९ मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उम्मेदवार जमुनादेवीले ३ हजार १ सय ५८ मत प्राप्त गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us