बुटवलमा डिशहोम फाईवरनेटको सोरुम

काठमाण्डु टुडे २०७९ वैशाख २८ गते १३:०८ मा प्रकाशित

बुटवल, २८ वैशाख– डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी मिति २०७९ बैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर शोरुम को समुदघाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहक माझ पुग्न नयाँ सोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us