गण्डकी र लुम्बिनीका एमाले सांसदले मेयरको टिकट नपाउने

काठमाण्डु टुडे २०७९ वैशाख ८ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– नेकपा एमालेले गण्डकी र लुम्बिनी प्रदेशका सांसदहरुलाई मेयरको टिकट नदिने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले यी दुई प्रदेशमा सत्ता परिवर्तनको सम्भावना कामय रहेको भन्दै यस्तो निर्णय गरेको हो।

बागमती प्रदेशमा सत्ता परिवर्तनको सम्भावना न्युन भएकाले प्रदेश सांसद विजय सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us