टिकटकमा लाइभ बसेर पैसा कमाउन सिकाउने इजिप्टकी महिलालाई तीन वर्ष जेल सजाय

काठमाण्डु टुडे २०७९ वैशाख ६ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको छ।

२० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्ममार्फत् पैसाको लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको हो। तर, उनले भने सो आरोप अस्वीकार गरेकी छन्।

अप्रिल २०२० मा आफ्ना महिला फलोवर्सहरूलाई अर्को भिडिओ साझेदारी प्लेटफर्म लाइकमा सामेल हुन अनुरोध गरेकी थिइन्। उनले त्यसबेला लाइभमा बसेर पैसा कमाउन सक्ने बताएकी थिइन्। त्यसपछि उनी पहिलोपटक पक्राउ परेकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us