काठमाण्डु, २९ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् । जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर हुन नसक्ने टिप्पणी गरेका हुन् ।
मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए ।
‘समय त हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’, ओलीको टिप्पणी छ ।