एमालेलाई पनि बच्चाहरूसँग लड्न समस्या हुन्छ, सक्छन् भने गरुन् गठबन्धनः ओली

काठमाण्डु टुडे २०७८ चैत १६ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, १६ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग लड्न गठबन्धन गरेर आउन चुनौती दिएका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताएका हुन् ।

‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भने, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ ।’ ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us