काठमाण्डु, ७ चैत– नेकपा एमालेले स्थानीय तहाको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । आज बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएको हो ।
जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ ।यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ ।