काठमाण्डु, ४ चैत– विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेको समूहले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश प्रकट गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रसँग चाँडै अदालतको कठघरामा भेट हुने चेतावनीसमेत उक्त समूहले दिएको छ ।
पार्टीले हालै २६ जना केन्द्रीय सदस्यहरुलाई कारवाही गरेको विषयमा विरोध जनाउँदै उक्त चेतावनी दिइएको हो । पाण्डे समूहको तर्फबाट हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उक्त कारवाहीलाई कायरताको पराकाष्टा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘रबीन्द्रजी र हाम्रो भेट सर्वोच्च अदालतको कठघरामा चाँडै नै हुन्छ । हामी पार्टी आधिकारिकताको विवाद सम्मानित अदालतबाट टुङ्गिनेमा विश्वस्त छौँ ।’