काठमाण्डु, ३ फागुन– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार केहीबेरअघि बैठक सुरू भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले बताए ।
गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको रिजालले जनाएका छन् ।