प्रधानमन्त्री देउवाले बोलाए ४ बजे सर्वदलीय बैठक

काठमाण्डु टुडे २०७८ पुष ४ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, ४ पुस– प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

आइतबार अपरान्ह ४ बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनायो। यद्यपि ठोस एजेन्डा भने खुलाइएको छैन।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको स्रोतले भन्यो।
यसअघि शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच बैठक डाक्नेबारे छलफल भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us